
काठमाडौं । यो साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साताको तुलनामा यो साता ३.१९ प्रतिशतले परिसूचक घटेको हो ।
गत साता २६८२ दशमलव २९ विन्दुमा बन्द भएको नेप्से यो साता ३.१९ प्रतिशत अर्थात ८५ दशमलव ४७ अंक घटेर २५९६ दशमलव ८२ विन्दुमा झरेको हो । यो साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन मात्रै नेप्से बढेको थियो । यस साताको मंगलबार नेप्से सामान्य अंक बढेको थियो ।
यो साता सेन्सेटिभ इण्डेक्स १२ दशमलव ४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४ दशमलव ७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ०१ अंक घटेको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११.३१ प्रतिशत घटेको हो ।
यस साता दैनिक औषत शेयर संख्या १५.३१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८.१८ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण ३.१९ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब ४१ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७ अर्बमा झरेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस साता यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत घटेको छ । गत साता ४९३० दशमलव ०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५४ दशमलव ८० अंक घटेर ४६७५ दशमलव २८ विन्दुमा झरेको छ ।
अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैंभन्दा धेरै घटेको छ । गत साता १२९३६ दशमलव ४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२९ दशमलव ९४ अंक घटेर १२५०६ दशमलव ४८ विन्दुमा झरेको छ । यस साता सबैभन्दा कम भने लघुवित्त उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ ।













समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार