
बाँके । लुम्विनी प्रदेशसभामा गैरसरकारी विधेयकका रुपमा मानवअधिकार रक्षकसम्बन्धी विधेयक ल्याउन आग्रह गरिएको छ । अनौपाचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘मानवअधिकार रक्षक कानुनको औचित्य र आवश्यकता’ विषयक अन्तरक्रियामा सरोकारवालाले सो आग्रह गरेका हुन् ।
सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले प्रदेशमा रहेका केही कानुन आफैँमा बाझिएको उल्लेख गर्दै निर्माण भएका ५४ कानुनमध्ये कतिपय कार्यान्वयन नभएका बताए । ‘कति कानुन बनाइएको छ र कति थन्किएको छ, त्यसको रेकर्ड छैन’, उनले भने । २०७९ सालमा बुझाइएको मस्यौदामा थप छलफल आवश्यक भएकामा जोड दिँदै मन्त्री अग्रवालले करिव ४० कानुन संशोधन गर्ने अवस्थामा रहेको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले राज्यलाई आर्थिक भार नपर्ने गरी आउन लागेको विधेयकको मस्यौदालाई सकारात्मक रुपमा लिन अनुरोध गरे । वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले विधेयकको मस्यौदा सार्वजनिक सरोकारको विषय भएको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी कानुन निर्माण गर्दा राज्यलाई भार नपर्ने बताए ।
नागरिक अभियन्ता प्रकाश उपाध्यायले मानवअधिकारसम्बन्धी विधेयक आएपछि यसले जवाफदेहिता र पारदर्शिता बढाउनेमा जोड दिँदै मानवअधिकारकर्मीसँग विषयगत समितिमा छलफल गर्न सकिने बताए । अधिवक्ता वसन्त गौतमले मानवअधिकार रक्षकलाई सूचनामा पहँुच स्थापना गर्नसमेत विधेयकले सघाउ पु¥याउने जानकारी दिँदै यसका विषयमा अन्तर्राष्ट्रिय अभ्यास भएको बताए ।
अनौपाचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी संयोजक भोला महतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्यहरु भण्डारीलाल यादव, सुशीला नेपाली र मीना श्रेष्ठ, मानवअधिकार आयोग नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, कानुन व्यवसायीहरु प्रल्हाद कार्की, इन्सेकका टेकनाथ आचार्य, मानवअधिकारकर्मी प्रभात ठकुरीलगायतले कानुनको औचित्यका बारेमा आफ्नो धारणा राखेका थिए । ‘मानअधिकार रक्षकको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रारम्भिक मस्यौदाका रुपमा २०७९ भदौमा लुम्बिनी प्रदेश सरकारलाई बुझाइएको थियो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार