
काठमाडौं । आगामी फागुन १६ र १७ गते काठमाडौंमा पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सम्मेलनबारे जनकारी गराएको हो ।
रोजगार क्षेत्रमा देखिएका समस्या र चुनौतीको विश्लेषण गरी आगामी दिनमा चाल्नुपर्ने नीतिगत कदम र कानूनी परिमार्जनका लागि सुझाव लिने मुख्य उद्देश्यले सम्मेलन आयोजना हुन लागेको मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए । यसमार्फत श्रम बजारले खोजेको जनशक्ति उत्पादनमा ध्यान दिइने सचिव निरौलाले बताए ।
मन्त्रालयकाअनुसार सम्मेलनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिइने मन्त्रालयका सचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ । सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरेको थियो ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द