
काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुुठीसम्बन्धी सम्पूूर्ण समस्या समाधानका लागि जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाअन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे भएको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन निर्देशन दिएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको उल्लेख गर्दै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिए । ‘भूूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानुनका अप्ठ्यारा फुकाउनुु पर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ, पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ,’ मन्त्री अधिकारीले भने । बैठकमा सांसदले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधन लगातका विषयमा जोड दिएका थिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम