
काठमाडौं । यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६३० दशमलव ७१ विन्दुमा बन्द भएको नेप्से, यो साता १.६९ प्रतिशत अर्थात ४४ दशमलव ४८ अंक घटेर २५८६ दशमलव २३ विन्दुमा पुगेको छ । यस साता ४ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ७ दशमलव ८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव ७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ३२ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ८७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.६७ प्रतिशत घटेको हो । यस साता दैनिक औषत शेयर संख्या १५.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.०३ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १.६९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७३ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ८९ अर्बमा सीमित भएको छ। यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.५३ प्रतिशत घटेको छ। गत साता ३०७३.२५ विन्दुमा बन्द भएको वित्त उपसमूहको परिसूचक, यस साता १७० अंक घटेर २९०३.२५ विन्दुमा पुगेको छ।
अंकका आधारमा यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २५१ दशमलव ८७ अंक घटेको छ । गत साता ४७१८ दशमलव ८५ विन्दुमा बन्द भएको यस उपसमूह्को परिसूचक, यस साता ४४६६ दशमलव ९८ विन्दुमा झरेको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह