
काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडाउन पाइने भएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै खुम्बु क्षेत्रमा हेलिकप्टर उडानले निरन्तरता पाउने भएको हो ।
निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीदेखि रोक लगाउने निर्णय गरेका थिए । सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति स्थानीय प्रशासनको चासो र सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए ।
व्यवसायीहरूले अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज यसअघिको निर्णयबाट पछि हट्न बाध्य भएको हो । सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति चासो व्यक्त गरेको थियो ।














समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह