
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १८ दशमलव १४ अंकले घटेर बन्द भएको हो।
अघिल्ला तीन दिन लगातार रुपमा बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६३५ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५५ वटाको सेयर मूल्य पनि बढेको छ भने १८० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९७ अंकले घटेर ४४८ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै सेयर मूल्य बढेको छ । परिसूचक घटे पनि कारोबार रकममा भने आज सुधार भएको छ । अघिल्लो दिन ६ अर्ब ४० करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब भन्दा धेरैको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७३ हजार ३०९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि आज दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।












समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता