
टीकापुर । टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० रुपैयाँ राख्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।’ विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम