आज सर्वाजनिक विदा

आज अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । थारु समुदायको माघी पर्वको अवसरमा मंगलबार देशभर बिदा दिइएको हो ।

माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।

योसँगै आज सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार