काठमाडौं । सानिमा बैंक लिमिटेडको नाफामा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र प्रतिसेयर आम्दानी समेत बढेको हो ।
बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४.७२ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ नामा कमाएकोमा चालु आवको सोही अवधिमा बढेर १ अर्ब १९ करोड २३ लाख रुपैयाँ पुगेको हो । चालू आवमा बैंकको सञ्चालन नाफा बढेकाले नाफा बढ्न टेवा पुगेको हो ।
सञ्चालन नाफा गत आवमा १ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर १ अर्ब ६४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यता खुद ब्याज आम्दानी भने ३ अर्ब १ करोड ६६ करोड रुपैयाँबाट घटेर २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँमा झरेको छ ।
१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले रिटेन्ड अर्निङमा १ अर्ब ७९ करोड रुपैयाँ र रिजर्भमा ६ अर्ब रुपैयाँ सञ्चिति गरेको छ । बैंकले १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ८१ पैसाबाट बढेर १७ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५६ पैसा रहेको छ ।