
। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक ६ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक ६ दशमलव ७८ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६०७ दशमलव ९९ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १० अंकले बढेर ४३९ दशमलव १४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसूचकको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । आज सेयर बजारमा ६ अर्ब ५७ करोडभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ७४ हजार ४०३ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । सेयर बजार परिसूचक बढेको दिन ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व