
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ। मंगलबार ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सीईडीबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ७६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ ।
मंगलबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ८.९६ प्रतिशतले घटेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह