
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले गत आव २०८१/८२ को पुस मसान्तसम्म ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ७४८ प्रतिशतले वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमाकोष २० करोड ५५ लाख रुपैयाँबाट बढेर २९ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन १ करोड ३१ लाख रुपैयाँबाट २११.७६ प्रतिशतले बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । यता कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँ पुग्दा कुल खर्च ५ करोड ३ लाख रुपैयाँबाट बढेर ७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ, जगेडा कोषमा करीब ४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४७ लाख रुपैयाँ रहेको छ ।











समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान