
विराटनगर । यत्र तत्र छरिएर रहेका लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न आठौ चरणको विराट एक्स्पोले माघ ११ गतेदेखि यहाँको डिग्री क्याम्पसको मैदानमा १० दिन सम्म विराट बजार बिटुवि प्लेटफर्मको व्यवस्था गरेको छ । यो प्लेटफर्ममा लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योग देखि ठूला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।
यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफर्म तयार गरिएको संगठनको दावी छ । त्यसैगरी यही प्लेटफर्म मार्फत बजार प्रवर्धनकैलागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था गरिने छ ।












समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित