
मान्म । जिल्लमको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा बिक्री केन्द्र स्थापना गरेको हो ।
गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । शुभकालिका गाउँपालिका–२ का वडाध्यक्ष मनबहादुर शाहीले ‘गाउँका नागरिकले यसअघि चामल लिनका लागि सदरमुकाम मान्म जानुपर्ने बाध्यता रहेको थियो’, उनले भने, ‘सदरमुकाममा खाद्यान्न लिनका लागि खाद्यान्नको भन्दा महँगो गाडी भाडा तिर्नुपर्ने अवस्था थियो ।’
गाउँपालिकाको पहलमा केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने वडाध्यक्ष उनले जानकारी दिए। स्थानीय तहसँग मिलेर नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले जनाएको छ ।













समाचार
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु