
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज अमेरिकी डलरको सटही अघिल्लो दिनकै दरमा भइरहेको हो ।
त्यस्तै आज युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, दक्षिण कोरियन वनको मूल्य बढेको छ भने स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनर लगायतको मूल्य घटेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ २४ पैसा तोकिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको मूल्य त्यति नै कायम रहेको थियो । त्यस्तै आज एक युरोको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा रहेको थियो ।
त्यस्तै आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा रहेको थियो । त्यस्तै आज स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै