
काठमाडौं । भारतले पाहुना टोली इङ्ग्ल्याण्डविरुद्धको टि ट्वान्टी आई सिरिज १ खेल अगावै जितेको छ । चौथो खेलमा शुक्रवार इङ्ग्ल्याण्डलाई १५ रनले पराजित गर्दै भारतले ५ खेलको सिरिज जितेको हो ।
भारतले सिरिजमा ३–१ को अग्रता बनाएको छ । १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । इङ्ग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन जोडे । त्यस्तै ओपनर बेन डकेट ३९ तथा फिल साल्ट २३ रन बनाए । जेमी ओभरटर्न १९ रनमा आउट हुँदा आदिल राशिदले १० रनमा नट आउट रहे । भारतका लागि हर्षित राना र रवि बिश्नोइले ३–३ विकेट लिए । त्यस्तै वरुण चक्रवर्तीले २, अक्षर पटेल र अर्शदिप सिंहले समान १–१ विकेट लिए ।
त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो । भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडेका थिए । छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याएका थिए ।
इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए । पाँचौ टि ट्वान्टी आई आइतवार हुनेछ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय