
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको पनि डलरको सटही सोही दरमा भएको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ९३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १७२ रूपैयाँ ११ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४४ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ९० पैसा र बिक्रीदर ८६ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ १९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ७७ पैसा र बिक्रीदर १०२ रूपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८ रूपैयाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ ०९ पैसा र बिक्रीदर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १२ रूपैयाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।












समाचार
गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ
‘राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउँछ’ : मन्त्री खनाल
अन्नपूर्ण गाउँपालिकाले पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन: तीन वर्षको सम्झौता, १० वर्षमा पनि बनेन
भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
डेनमार्कको डाना कपमा सहभागी नेपाली युवा खेलाडीलाई बिज एजुकेसनको सम्मान
एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ