
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका हुन् ।
नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ थियो । प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै उनले यसको नियमन गर्न जरुरी रहेको बताए । सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनको भनाइ थियो ।
अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवद्र्धनमा सहयोग नगरेको उनको जिकिर थियो । हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने भन्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागि परेको बताए । ‘अनलाइन क्षेत्र निकै छाडा छ । सबैले महसुस गर्नुपर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर हाम्रो लोकतन्त्र बलियो हुन्छ, हुँदैन होला ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही गर्न पाउने हो र ? त्यो त होइन होला नि,’ मन्त्री गुरुङले प्रश्न गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित