आहारारा पोखरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

पोखरा । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४–२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी मार्‍यो ।

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । यसपटक पनि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार