
फुङ्लिङ । कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको छ । आगामी २०८२ साल वैशाख ५–७ गते फक्ताङलुङ गाउँपालिका–५, लेलेपमा महोत्सव हुने भएको हो । महोत्सवका लागि विशेष ‘लोगो’ र नारा सार्वजनिक गरिएको छ ।
सोमबार महोत्सव संयोजन समितिले ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र, प्रकृतिको उपहारः संरक्षण क्षेत्रमा पर्यापर्यटन, समृद्धिको आधार’ नारासहितको लोगो सार्वजनिक गरेको छ । लोगो सार्वजनिक गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष तथा महोत्सव संयोजन समितिका संयोजक छोवाङ शेर्पाले महोत्सवले संरक्षण क्षेत्रभित्रका प्राकृतिक सम्पदा, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा, समृद्ध पहाड परियोजना तथा संरक्षण क्षेत्र कार्यालयसहित विभिन्न सङ्घ–संस्थाको सहकार्यमा गरिने जनाइएको छ ।
परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कोशी प्रदेश सरकारसँग आर्थिक तथा कार्यक्रमगत साझेदारीका लागि छलफल भइरहेको छ । महोत्सवमा कञ्चनजङ्घा क्षेत्रमा रहेका पर्यटकीय सम्पदाको प्रचारप्रसार, पदयात्रा प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र परिकारको प्रवद्र्धनजस्ता गतिविधि समेटिने छन् । भलिबल प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ । कञ्चनजङ्घा आरोहणको ऐतिहासिक यात्रालाई सम्मान गर्दै पहिलो आरोहीहरूको परिवार तथा अन्य आरोहणकर्तालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।
महोत्सवका मुख्य कार्यक्रम लेलेपमा सम्पन्न भएपछि, काठमाडौंमा राष्ट्रियस्तरको विशेष कार्यक्रम आयोजना गरिने भएको छ । कञ्चनजङ्घा, विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर (८,५८६ मिटर) हो । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक