
न्यूयोर्क । योल्मो क्षेत्रका पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाट अमेरिकाको न्यूयोर्कमा रहेका तामाङ र योल्मोपा समूदायले सोनाम लोसा मनाएका छन् । उक्त समूदायले ञ्याठी चेन्पो संवत् २१५२ औं ‘सोनाम लासार–२०२५ को अवसरमा संयुक्त कार्यक्रमको आयोजना गरेर मनाएका हुन् ।
लोसार कार्यक्रमका प्रमुख अतिथि धर्मगुरू Ven. Dungzin Rinpoche Dawa Sangbo Yolmopa को नेतृत्वमा लामा गुरूज्यूहरूबाट बौद्ध महायान/वज्रयान धर्म परम्परा अनुसार ल्हाप्सोल कार्यक्रम स–सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको पावन अवसरमा प्रमुख अतिथि धर्मगुरू Ven.Dungzin Rinpoche बाट लोसार र खाताग् (खादा) सम्बन्धी प्रवचन दिएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि धर्मगुरू Ven.Dungzin Rinpoche Dawa Sangbo Yolmopa, विशेष अतिथिहरू क्रमशः ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष लामा तेन्जिन् डक्पा, उपाध्यक्ष लामा सेन् ग्याल्जेन र तामाङ समाज डिसी अमेरिकाका पूर्व अध्यक्ष दाका तामाङ, अतिथिहरू ह्योल्मो सोसाईटी अफ अमेरिकाका केन्द्रीय सदस्य लामा साईला र पूर्व केन्द्रीय सदस्य टासी लामाज्यू लगायतका अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सु–सम्पन्न गरिएको हो ।
समूहका संयोजक मञ्जु वाईबा विष्टले प्रमुख अतिथि, अतिथि लगायत सहयोगी सबै प्रति धन्यवाद व्यक्त गर्दै साँस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भयो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन