
काठमाडौं । कर्णालीकै पहिलो लक्जरियस रिसोर्ट ‘रारा रिसोर्ट’को औपचारिक रुपमा शिलन्यास भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एक्स्पर्ट ग्रुप र रारा होल्डिङले वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीबाट औपचारिक रुपमा शिलन्यास गराएको हो ।
एक्स्पर्ट होल्डिङ्सका सीईओ सन्जिव शर्माले छ्यत्रमा आवद्ध भएको नाताले एक्स्पर्ट ग्रुपले लगानी प्रतिफलमात्र नभै विश्वभर मुलुकको पर्यटन प्रवर्धन सङ्गै कर्णाली क्षेत्रकै आर्थिक गतिविधी विस्तार गर्ने मुख्य उद्धेश्य हो । हाल वार्षिक ५० हजार गैरहेको रारामा वार्षिक ४ लाख पर्यटक भित्र्याउने उद्धेश्य रहेको इनले जानकारी दिए ।
नेपालका लागि अष्ट्रेलियन राजदुत लिआन जोन्स्टोनले रारा रिसोर्टमा गरिएको वैदेशिक लगानी कोसेढुङ्गा बन्न गएको बताइन् । यो लगानी प्रतिफलले नेपालको पर्यटन छ्यत्र प्रवर्धन सङ्गै स्थानिय रोजगारमा पनि टेवा पुर्याउने जानकारी दिइन । एक्स्पर्ट ग्रुप र रारा होल्डिङ विछ ७ महिना अगाडि आयोजित लगानी सम्मेलनमा सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण पूरा गरेर संचालनमा ल्याउने योजनासहित निर्माण सुरु गर्न लागिएको हो।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह