
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ११ दशमलव ९१ अंकले बढेर बन्द भएको हो ।
सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको हो । बजार अघिल्ला दुई दिन पनि उच्च अंकले बढेको थियो । आजको कारोबार बन्द हुँदा परिसूचक २७३९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर हरेको छ ।
त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४५९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि सुधार भएको छ ।
अघिल्लो दिन १० अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
दुई लघुवित्त सहित चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार भएका कम्पनीमध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको दिन दुई लघुवित्त सहित ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबारको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३२७ रुपैयाँ ३० पैसाले बढेर ३ हजार ६०० रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
आज गुराँस लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २८८ रुपैयाँ १० पैसाले बढेर ३ हजार १६९ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै इमर्जिङ नेपालको सेयर मूल्य पनि १२२ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३५१ रुपैयाँ ९० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले नै बढी हो । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ५८ रुपैयाँ ६० पैसाले बढेर ६४४ रुपैयाँ ९० पैसा पुगेको छ ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ । यो कम्पनीको सेयर मूल्य पनि ८० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.३४ प्रतिशतले धेरै हो ।
सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चरमा नकारात्मक सर्किट
मंगलबारको सेयर कारोबार बन्द हुँदा समग्रमा नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा समेत सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको दिन २ कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक र केडिबिएल डिबेन्चर २०८६ मा नकारात्मक सर्किट लागेको हो । यी स्टकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज सप्तकोशीको सेयर मूल्य १२६ रुपैयाँ ८० पैसाले घटेर १ हजार १४१ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै केडिबिएल डिबेन्चरको सेयर मूल्य १२० रुपैयाँ ४० पैसाले घटेर १ हजार ८३ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनहरुमा भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल बालाजु रहेका छन् । आज भूगोल इनर्जिको सेयर मूल्य ८५ रुपैयाँले घटेर ८६५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.९५ प्रतिशतले कम हो । त्यस्तै मंगलबार एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँ २० पैसाले घटेर ७८८ रुपैया पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९९ प्रतिशतले धेरै हो । आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य पनि ५.८४ प्रतिशत अर्थात् १ हजार २२ रुपैयाँले घटेर १६ हजार ४६४ रुपैयाँ पुगेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू