नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकममा गिरावट

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको नेप्से परिसूचक सामान्य अंकले बढेर बजार बन्द भएको छ । अघिल्ला तीन दिन लगातार रूपमा बढेको बजार आज पनि ३ दशमलव १४ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २७४३ दशमलव ७४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ९० अंकले घटेर ४५७ दशमलव ९८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकममा कमी आएको छ । अघिल्लो कारोबार दिनमा १० अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८६ हजार २२३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

बिहीबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक ३ अंकले बढेर बन्द हुँदा एउटा कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ ४० पैसाले बढेर ७०९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्य कारोबार खुलेदेखि नै सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, लक्ष्मी लघुवित्त र उपकार लघुवित्त छन् ।

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य ३४९ रुपैयाँ १० पैसाले बढेर ३ हजार ९५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.६९ प्रतिशतले धेरै हो । त्यस्तै आज अपर हेवाखोलाको सेयर मूल्य ९.१४ प्रतिशत अर्थात् ७९ रुपैयाँ ८० पैसाले बढेर ९५२ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि १०२ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२१ प्रतिशतले धेरै हो । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि आज ८.१० प्रतिशत अर्थात् ४०१ रुपैयाँले बढेर ५ हजार ३४९ रुपैयाँ पुगेको छ ।

बाराही हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट

बिहीबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । सेयर बजार सामान्य बढेको दिन बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८.३५ प्रतिशत आर्थात् १०४ रुपैयाँले घटेर १ हजार १४१ रुपैयाँ पुगको छ ।

त्यस्तै आज धेरै मुल्य घट्ने शीर्ष पाँच कम्पनीमा गरिमा समृद्धि योजना, भूगोल इनर्जी डेमलपमेन्ट कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ रहेका छन् । आजको कारोबार बन्द हुँदा गरिमा समृद्धि योजनाको सेयर मूल्य ७.७० प्रतिशत अर्थात् ०.७७ रुपैयाँले घटेर ९ रुपैयाँ २३ पैसा पुगेको छ ।

त्यस्तै आज भूगोल इनर्जिको सेयर मूल्य ५० रुपैयाँले घटेर ८१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.७८ प्रतिशतले कम हो । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि आज १५ रुपैयाँ १० पैसाले घटेर ३५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.१२ प्रतिशतले कम हो । आज नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य पनि ३.९५ प्रतिशत अर्थात् ४३ रुपैयाँ ४० पैसाले घटेर १ हजार ५६ रुपैयाँ ६० पैसा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार