
काठमाडौं । नेपाल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकले साधारणसभाको मिति घोषणा गरेको हो ।
बैंकको ६५औं वार्षिक साधारणसभा आउदो चैत ६ गते बुधबार काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।
साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि