
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १५ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१५ दशमलव ०४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.७७ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशत अर्थात् ९ दशमलव ७५ अबंकले बढेर ४६९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ उपसूचकको सेयर मूल्य नै बढेर कारोबार भएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनिव वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ९ अर्ब ९० करोड बढीको कारोबार भएको थियो । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर १ लाख १२ हजार ३२ पटक खरिल बिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
पाँच कम्पनीमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द भएको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको दिन ५ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी र लिबर्टि इनर्जी कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्य ९४ रुपैयाँ ४० पैसाले बढेर १ हजार ३८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा अपर हेवाखोलाको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ९० रुपैयाँ ३० पैसाले बढेर ९९३ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य १०४ रुपैयाँ ९० पैसाले बढेर १ हजार १५४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
आज दोर्दी खोला जलविद्युतको सेयर मूल्य पनि ९.९९ प्रतिशत आर्थात् ३४ रुपैयाँ ९० पैसाले बढेर ३८४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आज लिबर्टी इनर्जीको सेयर मूल्य २० रुपैयाँ ४० पैसाले बढेर २२५ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी
बिहीबारको सेयर कारोबार बन्द हुन्दा नेप्से परिसूचक करिब ५० अंकले बढेर कारोबार भएको छ । सेयर बजारमा उच्च अंकले बढेको दिन पनि ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त, आइएमई लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर रहेका छन् । आजको कारोबार बन्द हुन्दा सबै भन्दा धेरै मूल्य घट्ने कम्पनीमा भूगोल इनर्जी रहेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ७.१७ प्रतिशत अर्थात् ६१ रुपैयाँले घटेर ७९० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ३१७ रुपैयाँ ४० पैसाले घटेर ४ हजार ७६० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.२५ प्रतिशतले कम हो । बिहीबार आइएमई लाइफको सेयर मूल्इ पनि ४.१६ प्रतिशत अर्थात् २१ रुपैयाँ ९० पैसाले घटेर ५०४ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्इ ५१ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.६९ प्रतिशतले कम हो । छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि आज ३.४५ प्रतिशत अर्थात् १९ रुपैयाँले घटेर ५३२ रुपैयाँ पुगेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू