
दाङ । तुलसीपुर उपमहानगरपालिका– १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।
कुल ७५ लाख रुपैयाँमा ट्याङ्की निर्माण भएको थियो । जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्माण गरेको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको हो । ‘न त ट्याङ्कीमा कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिकै पानीका मुहान छन्’, स्थानीय देवराज वलीले भने, ‘हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमै नआएपछि झनै अच्चमित भएका छौं ।’ मुन्द्रकोट सामुदायिक बन क्षेत्रमा उक्त खानेपानी ट्याङ्की निर्माण भएको हो ।
नजिकैको खोलाबाट पम्पिङ गरेर पानी तानिएको भएपनि बर्खामा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए । ‘केही समयसम्म ट्याङ्की पानी राख्यौँ, तर लामो समयसम्म पानी ल्याउन सकिएन् ।’ धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर समेत छलफल अगाडि बढाएको भएपनि स्थानीयले नमान्दा समस्या भएको उनको भनाइ छ । खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्याङ्कीलाई काम लगाउन नसकिने उल्लेख छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि