
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४६ दशलमव ३३ अंकले घटेर कारोबार भएको हो । जुन अघिल्लो कारोबार भन्दा १.६४ प्रतिशतले कम हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७७२ दशमलव १० विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आइतबारको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशत अर्थात् ७ दशमलव ३१ अंकले घटेर ४६३ दशमलव २९ विन्दुमा पुगेको छ । सेयर बजारमा १३ उपसूचकमध्ये आज सबै १३ वटैको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सेयर बजारमा १० अर्ब १० करोड भन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३१५ कम्पनीका २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १ लाख १२ हजार ३४७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
३ कम्पनीमा सकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्दा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, आइसीएफसी फाइनान्स डिबेन्चर २०८८ र भूगोल इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा गार्डियन माइक्रो लाइफको सेयर मूल्इ १६७ रुपैयाँ २० पैसाले बढेर १ हजार ८३९ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आइसीएफसी फाइनान्सको डिबेन्चरको सेयर मूल्य पनि १०० रुपैयाँले बढेर १ हजार १०० रुपैयाँ पुगेको छ । यो पनि अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो ।
त्यस्तै आज भूगोल इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ७४ रुपैयाँ ३० पैसाले बढेर ८१७ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा एनआइबिएल ग्रोथ फण्ड र सान्जेन जलविद्युत्त कम्पनी लिमिटेड रहेको छ । आज एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्इ ०.३४ रुपैयाँले बढेर ८ रुपैयाँ ९९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.९३ प्रतिशतले धेरै हो । त्यस्तै सान्जेन जलविद्युतको सेयर मूल्य पनि आज ३.७० प्रतिशत अर्थात् १३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ ।
दुई कम्पनीमा नकारात्मक सर्किट
आइतबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्द भयो । ४६ अंकले बजार घटेको दिन २१७ कम्पनीको सेयर मूल्य घटेको थियो । त्यसमध्ये उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्म सर्किट लागेर कारोबार भएको हो ।
आज उपकार लघुवित्तको सेयर मूल्य ४६३ रुपैयाँले घटेर ४ हजार १६७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य पनि आज १० प्रतिशत अर्थात् १२५ रुपैयाँ ९० पैसाले घटेर १ हजार १३३ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल, समाज लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी) रहेका छन् । आज राप्ती हाइड्रोको सेयर मूल्य ६९ रुपैयाँले घटेर ६३० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ९.७८ प्रतिशतले कम हो ।
त्यस्तै आज समाज लघुवित्तको सेयर मूल्य २१६ रुपैयाँले घटेर २ हजार ७५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा ७.२८ प्रतिशतले कम हो । त्यस्तै एलआइसी नेपालको सेयर मूल्य ५.५१ प्रतिशत अर्थात् ६५ रुपैयाँले घटेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि