
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको हो ।
त्यस्तै निगमले डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । घटेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
समायोजन भएको नयाँ मूल्य अनुसार पहिलो वर्गमा पेट्रोल १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १४८ रुपैयाँ, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ पुगेको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, अधगढी र वीरगञ्ज रहेका छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।














समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो