
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २१ दशमलव ६३ अंकले घटेको हो ।
आइतबारको कारोबार बन्द हुँदा परिसूचक २७१४ दशमलव ८५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ० दशमलव ७९ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ३१ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ११ अंकले घटेर ४५४ दशमलव ९१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब २३ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको हो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम