
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्ला दिनहरुमा पनि लगातार रूपमा घटेको बजार आज १२ दशमलव ३८ अंकले घटेर कारोबार बन्द भएको हो ।
आजको कारोबारपछि नेप्से परिसूचक २६६९ दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंकले घटेर ४४७ दशमलव ९४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १४ करोड माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ५५ हजार ४७६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै