
इलाम । इलामको सन्दकपुरमा आजदेखि दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने महोत्सवको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा उद्घाटन गरिएको छ ।
महोत्सवको सङ्घीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो । यसै अवसरमा वार्षिक भित्तेपात्रो र रेडपान्डा क्षेत्रमा जाने पर्यटकहरूका लागि ‘रुटम्याप’ को समेत अनावरण गरिएको छ । माईपोखरीमा उद्घाटनपछि जमुनाको ढाप पोखरी, रेडपान्डा रहेको क्षेत्र चोयाटार सामुदायिक वन, भालुकटेरी वन हुँदै इलामको उच्च भू–भाग ३६३६ मिटरको पर्यटकीयस्थल सन्दकपुर सम्म पदयात्राको कार्यक्रम रहेको महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत यादव राउतले बताए ।
यस्तै रमणीय स्थान नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको जौबारी, कैयाकट्टा लगायतका स्थानमा समेत पदयात्रा पुग्ने जनाइएको छ । माईपोखरीबाट सुरु भएको पदयात्रामा करिब ३० जना पदयात्री सहभागी हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटक सहभागी हुने महोत्सवको मुख्य आकर्षण भने इलामको उत्तरी लेकाली जङ्गलमा पाइने लोपोन्मूख वन्यजन्तु रेडपान्डा, त्यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा, सीमसार क्षेत्र तथा त्यसको संरक्षणमा स्थानीयले गरेको प्रयास आदि रहने जनाइएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह