
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), बागमती प्रदेश समितिले शुक्रबार (भोलि) विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै पुनरुत्थानवादी गतिविधिको विरोध गर्न यो कार्यक्रम गर्न लागिएको हो ।
जसपाका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । उनीहरूले राजसंस्थाको पुनःस्थापनासम्बन्धी गतिविधिप्रति पार्टीको आधिकारिक धारणा स्पष्ट पार्नेछन् । पछिल्लो समय केही समूहहरू राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सडकमा उत्रिएका छन् । जसपाले ती गतिविधिहरूप्रति गम्भीर असहमति जनाएको छ । जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी रहेको बताए ।
लोकतान्त्रिक व्यवस्था जनताको संघर्षबाट स्थापित भएको जसपाको भनाइ छ । यसको रक्षा सबै नागरिकको कर्तव्य हो । पुनरुत्थानवादी सोचले देशलाई पछाडि धकेल्ने चेतावनी पनि दिएको छ । कार्यक्रमलाई लिएर विभिन्न समूहले चासो देखाएका छन्।
जसपा बागमती प्रदेशका अध्यक्ष जयकानुसार लोकतन्त्र पक्षधरहररु यस खाले कार्यक्रमलाइ समर्थन गरिरहेका छन् । राजसंस्थाका समर्थकहरूले भने आलोचना गरेका छन् । जसपाले सबैलाई लोकतन्त्रको पक्षमा एकजुट हुन आग्रह गरेको छ । कार्यक्रम भोलि चैत २२ गते (ने.सं. ११४३ चौलाथ्व ७), दिउँसो १२ः३० बजे नेपा ब्याङ्क्वेट, पुष्पलालपथ, खुसीबुँमा हुनेछ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा