काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको सेयर बजार आज ३ दशमलव ३५ अंकले बढेर २७०३ दशमलव ३९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३० अंकले बढेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ वटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजारमार ३२४ कम्पनीका १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ६९ हजार ८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
ग्रीन भेन्चर्सको सेयर मूल्यमा सकारात्मक सर्किट
बिहीबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ८८ पैसाले बढेर ५०५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनभन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीमा सुपर मादी हाइड्रोपावर, राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स र नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ रहेका छन् ।
आज सुपर मादी हाइड्रोको सेयर मूल्य ६.९५ प्रतिशत अर्थात् ६२ रुपैयाँ ५८ प्रतिशतले बढेर ९६३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबारको कारोबार बन्द हुँदा राधी विद्युत् कम्पनीको सेयर मूल्य पनि २० रुपैयाँ ६० पैसाले बढेर ४४० रुपैयाँ ६१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो ।
आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि ४.६३ प्रतिशत अर्थात् ३९ रुपैयाँ ८८ पैसाले बढेर ९०१ रुपैयाँ ९६ पैसा पुगेको छ । आज एसबीआई बैंक ऋण पत्रको सेयर मूल्य २८ रुपैयाँ ९० पैसाले बढेर १ हजार ७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.७५ प्रतिशतले धेरै हो ।
धेरै मूल्य घट्ने ५ कम्पनीमा दुई लघुवित्त र एक लघुबीमा
बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । सेयर बजार सामान्य बढेको दिन १५१ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भएको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई लघुवित्त र एक लघुबीमा कम्पनी रहेका छन् । आज धेरै मूल्य घट्ने ५ कम्पनीमा उपकार लघुवित्त र विन नेपाल लघुवित्त तथा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स छन् । त्यस्तै धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा बोटलर्स नेपाल (बालाजु) र कुमारी सबल योजना छन् ।
उपकार लघुवित्तको सेयर मूल्य आज २८१ रुपैयाँ १९ पैसाले घटेर ३ हजार ३०१ रुपैयाँ ०६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.८५ प्रतिशतले कम हो । त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५८ रुपैयाँ ११ पैसाले घटेर २ हजार ४२४ रुपैयाँ १५ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ६.१२ प्रतिशतले कम हो ।
बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १८२ रुपैयाँ १२ पैसाले घटेर २ हजार ७८८ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१३ प्रतिशतले कम हो ।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १ हजार ३१ रुपैयाँ ८० पैसाले घटेर १६ हजार ५४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनभन्दा ५.८७ प्रतिशतले कम हो । आज कुमारी सबल योजनाको सेयर मूल्य ०.५४ रुपैयाँले घटेर ८ रुपैयाँ ९२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७१ प्रतिशतले कम हो ।