
भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
८ महिनाको अवधिमा सबैभन्दा धेरै चिया आठ अर्ब २० करोड ९६ लाख रुपैयाँ, अलैँची पाँच अर्ब २४ करोड ४० लाख रुपैयाँ, प्लाइ तथा भेनियर दुई अर्ब ७३ करोड ६३ लाख रुपैयाँको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्यांकअनुसार अदुवा २६ करोड ६३ लाख रुपैयाँ, अम्लिसो ७६ करोड ९७ लाख रुपैयाँ, बन्दा आठ करोड १७ लाख रुपैयाँ, जडीबुटी चार करोड २६ लाख रुपैयाँ, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ ।
सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट दुई अर्ब ४० करोड ४६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १३ करोड १७ लाख १२ हजार रुपैयाँ, चामल चार करोड ९७ लाख रुपैयाँ, ताजा तरकारी २८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफूल २६ करोड ३७ लाख रुपैयाँ, लसुन ६२ करोड ४६ लाख रुपैयाँ, आलु २८ करोड ९१ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।












समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो