
काठमाडौं । नेपाली नयाँ वर्षको सुरुवातसँगै भक्तपुरमा नयाँ रिसोर्ट सञ्चालनमा आउने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले तथा नेपाली होटल व्यवसायी अमृतरत्न शाक्यको लगानीमा भक्तपुरको गुन्डुमा स्वनिगः रिसोर्टको शिलान्यास गरिएको हो ।
उक्त रिसोर्ट निर्माणका लागि ७ देखि ८ अर्ब लागत लाग्ने व्यवसायी शाक्यले जानकारी दिए । गुन्डुस्थित पाइलट बाबा आश्रमसँगै रहेको १०० रोपनी जग्गामा उक्त रिसोर्ट निर्माण हुनेछ । रिसोर्ट आज सोमबार नयाँ वर्षका दिन शिलान्यास गरिएको छ । व्यवसायी घले र शाक्यको ५०÷५० प्रतिशत लगानी हुने रिसोर्टमा ६० वटा भिल्ला निर्माण हुनेछ । लगानीकर्ताद्वयले सन् २०२७ नोभेम्बरभित्र रिसोर्ट निर्माण पूरा हुने अपेक्षा गरेका छन् ।
रिसोर्ट इम्प्लिमेन्टिङ एक्स्पट्र्स ग्रुप (आईआईजी) ले एसएन्डजेजी होल्डिङ्स (अस्ट्रेलिया) सँगको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरेका छन् भने एसएन्डजेजी एफडीआई कम्पनी हो । यसको नेतृत्व शेष घले र जुमना घलेले गर्छन् ।
उक्त अबसरमा लगानीकर्ता शाक्यले स्थानीयको जीवनस्तर उकास्नका लागि यस्ता आयोजनाहरु आवश्यक रहेको बताएका छन् । त्यस्तै घलेले लामो समयसम्म यहाँ सेवा दिने गरि यो रिसोर्ट बनाउन लागेको भन्दै यसले समग्र पर्यटन व्यवसाय र त्यहाँको अािर्थक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि