
काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । वि.सं. २०८२ सालको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको हो । आज सेयर बजार परिसूचक २७ दशमलव १४ अंकले बढेर २६८९ दशमलव २२ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.०१ प्रतिशतले धेरै हो ।
आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०७ अंकले बढेर ४५० दशमलव ५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिन ६ अबै २८ करोड माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ६९ हजार ३६४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
५ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन २१२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज सेयर बजारमा सर्किट लाग्ने कम्पनीमा तीनवटा विकास बैंक र दुईवटा लघुबीमा कम्पनी छन् । मंगलबार सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन् । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १८१ रुपैयाँ ५६ पैसाले बढेर १ हजार ९९७ रुपैयाँ ४० पैसा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।
ग्रिन डेभलपमेन्टको सेयर मूल्य १२३ रुपैयाँ ७२ पैसाले बढेर १ हजार ३६१ रुपैयाँ १० पैसा र सप्तकोशी डेभलमेन्ट बैंकको सेयर मूल्य १०१ रुपैयाँ ७५ पैसाले बढेर १ हजार ११९ रुपैयाँ ६० पैसा पुगेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ ४० पैसा पुगेको छ ।
धेरै मूल्य घट्नेमा दुई हाइड्रो र दुई लघुवित्त
मंगलबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि ३४ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई हाइड्रो पावर र दुईवटा लघुवित्त कम्पनी छन् । आज बलेफी हाइड्रो पावर र अपर सोलु हाइड्रो इनलेक्ट्री सिटी कम्पानी तथा विन नेपाल लघुवित्त र आत्म निर्भर लघुवित्त छन् । आजको कारोबार बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य २४ रुपैयाँ ७४ पैसाले घटेर २३० रुपैयाँ ४६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.६९ प्रतिशतले कम हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १९३ रुपैयाँ ०१ पैसाले घटेर २ हजार ९३३ रुपैयाँ ६९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.१७ प्रतिशतले धेरै हो । त्यस्तै, आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३.७१ प्रतिशत अर्थात् २०१ रुपैयाँ ९० पैसाले घटेर ५ हजार २४० रुपैयाँ १० पैसा पुगेको छ । अपर सोलु हाइड्रो इलेक्ट्री सिटीको सेयर मूल्य १८ रुपैयाँ ४७ पैसाले घटेर ५४४ रुपैयाँ ०८ पैसा पुगेको छ ।
यो अघिल्लो कारोबार भन्दा ३.२८ प्रतिशतले कम हो । आज एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य ०.३३ रुपैयाँले बढेर ८ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७२ प्रतिशतले कम हो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू