सेयर बजारमा हरियाली, कारोबार रकम साढे ८ अर्बमाथि

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । वि.सं. २०८२ सालको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको हो । आज सेयर बजार परिसूचक २७ दशमलव १४ अंकले बढेर २६८९ दशमलव २२ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.०१ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०७ अंकले बढेर ४५० दशमलव ५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिन ६ अबै २८ करोड माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । मंगलबार सेयर बजारमा ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ६९ हजार ३६४ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

५ कम्पनीमा सकारात्मक सर्किट

मंगलबार सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन २१२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज सेयर बजारमा सर्किट लाग्ने कम्पनीमा तीनवटा विकास बैंक र दुईवटा लघुबीमा कम्पनी छन् । मंगलबार सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन् । त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १८१ रुपैयाँ ५६ पैसाले बढेर १ हजार ९९७ रुपैयाँ ४० पैसा पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।

ग्रिन डेभलपमेन्टको सेयर मूल्य १२३ रुपैयाँ ७२ पैसाले बढेर १ हजार ३६१ रुपैयाँ १० पैसा र सप्तकोशी डेभलमेन्ट बैंकको सेयर मूल्य १०१ रुपैयाँ ७५ पैसाले बढेर १ हजार ११९ रुपैयाँ ६० पैसा पुगेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ३६ रुपैयाँ ५० पैसाले बढेर ४०२ रुपैयाँ ४० पैसा पुगेको छ ।

धेरै मूल्य घट्नेमा दुई हाइड्रो र दुई लघुवित्त

मंगलबार सेयर बजार उच्च अंकले बढेर बन्द हुँदा पनि ३४ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई हाइड्रो पावर र दुईवटा लघुवित्त कम्पनी छन् । आज बलेफी हाइड्रो पावर र अपर सोलु हाइड्रो इनलेक्ट्री सिटी कम्पानी तथा विन नेपाल लघुवित्त र आत्म निर्भर लघुवित्त छन् । आजको कारोबार बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य २४ रुपैयाँ ७४ पैसाले घटेर २३० रुपैयाँ ४६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.६९ प्रतिशतले कम हो ।

त्यस्तै आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य १९३ रुपैयाँ ०१ पैसाले घटेर २ हजार ९३३ रुपैयाँ ६९ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.१७ प्रतिशतले धेरै हो । त्यस्तै, आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ३.७१ प्रतिशत अर्थात् २०१ रुपैयाँ ९० पैसाले घटेर ५ हजार २४० रुपैयाँ १० पैसा पुगेको छ । अपर सोलु हाइड्रो इलेक्ट्री सिटीको सेयर मूल्य १८ रुपैयाँ ४७ पैसाले घटेर ५४४ रुपैयाँ ०८ पैसा पुगेको छ ।

यो अघिल्लो कारोबार भन्दा ३.२८ प्रतिशतले कम हो । आज एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य ०.३३ रुपैयाँले बढेर ८ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.७२ प्रतिशतले कम हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार