
काठमाडौं । ४ हजारभन्दा बढी इसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले इसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर इसेवा अनधिकृत पहुँच पुर्याउँथे ।’
प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।
उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौंको कालीमाटीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम