
काठमाडौं । झापा एफसीले जितविहिनि हुँदै नेपाल सुपर लिग (एनएसएल) २०२५ सकाएको छ । अर्थहीन खेलमा बुधबार झापाले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको हो ।
६ खेलबाट ५ बराबरी र १ हारबाट ५ अंक जोडेको झापा छैटौं स्थानमा रह्यो । साविक विजेता ललितपुरले भने लिगमा तेस्रो बराबरी खेल्दै अपराजित यात्रालाई निरन्तरता दियो । यो बराबरीपछि ६ खेलबाट १२ अंक जोडेर ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरे । नविन लामाले ५३औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । उनले अनमोल भण्डारीको पासमा हेड मार्फत गोल गरे ।
तर त्यो अग्रता लामो समयम टिकेन । झापाका लागि कप्ता लकेन लिम्बुले ६५औं मिनेटमा बराबरी गोल फर्काए । प्रविन बस्नेतले उपलब्ध गराएको पासमा लकेनले गोल गरेका हुन् । यस खेलको मुख्य विशेषता के रह्यो भने दोस्रो हाफमा अन्तिमसम्म दुवै टिमबाट मैदान नेपाली खेलाडी मात्र थिए ।
सुरुवाजी रोजाईँमा ललितपुरले २ र झापाले ३ विदेशी खेलाडी मैदान उतारेको थियो । तर ललितपुरले दुवै विदेशीलाई हाफ टाइममै परिवर्तन ग¥यो । यस्तै झापाले पनि ८० मिनेट भित्रमा तीनवटै विदेशी खेलाडीलाई रिप्लेस गराइसकेको थियो । अझ ललितपुरले त गोल गर्दा मैदानमा सबै ११ खेलाडी नै नेपाली थिए ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना