
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












समाचार
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार