
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार जेठ महिनासम्मको अवधिमा चालु खाता ८०२ खर्ब भन्दा बढी र शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा रहेको हो ।
समीक्षा अवधिमा चालु खाता रु.८०२ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३२१ अर्ब ७४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१७ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी
मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.११ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९२६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे