
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनको सम्पूर्ण लागत खर्च हो, छ लाख । यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए ।
तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए । ‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । र, पनि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने ।
भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । जहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह