
ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए । एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । कसरी गाडीमा बिजुलीको तार खस्यो भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी दाहालको भनाई छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि