
मुस्ताङ । थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ । धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।
थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वद्र्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।
सेकुङ तालसम्म जोड्ने गरी बेनी–जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिएपनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । सङ्घीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरेपनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन । थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्षअघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुङ्गा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।
सेकुङ तालमा निलगिरि हिमालको प्रतिबिम्व देख्न सकिन्छ । सेकुङ ताल पर्यटकीय मात्रै नभएर धार्मिक रुपमा पनि महत्त्वपूर्ण रहेको सो वडाका वडाध्यक्ष गौतम शेरचनको भनाइ छ । तालमा सदिँयौँदेखि स्थानीयले प्रकृति पूजा गर्दै आइरहेका छन् । बर्सेनी सेकुङ तालमा हिमपहिरोको जोखिम हुने, बाढी पहिरो र सुख्खा खडेरी हुँदा सेकुङ तालमा धार्मिक पूजा गर्ने प्रचलन विद्यमान रहेको वडाध्यक्ष शेरचनले बताए ।
यस ताल क्षेत्र वन्यजन्तु र विभिन्न पक्षीको क्रिडास्थल पनि हो । यहाँ हिउँचितुवा, चितुवा, मृग, कस्तुरी, घोरल, थार, स्याल, बनबिरालो घोरललगायतका वन्यजन्तुको बासस्थान छ । ताल आसपासमा डाँफे, मुनाल, कस्तुरी, कालिज, च्याखुरा र ठिकुरीलगायतका चराचुरुङ्गी पाइन्छन् । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिह लालचनले सेकुङ ताल पर्यटकीय तथा प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । यसको सरक्षण, सम्वद्र्धन र प्रचार÷प्रसारमा ध्यान दिनसकेमा पर्यटकको सङ्ख्या वृद्धि हुने बताए ।













समाचार
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा
गृह र ऊर्जामन्त्री पुगे मौसम विभाग, वर्षा र हिमपातबारे चासो
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ७ अर्ब माथि
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा