
काठमाडौं । होटल सारथी प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले आइपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । होटल सारथी र सिटिजन्स क्यापिटलबीच आइपीओ निष्कासन गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतमा सारथी होटलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । होटल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । आइपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस होटेल २०७२ सालमा धुलिखेलमा स्थापना भएको हो । २०७६ चैतदेखि यो होटल सञ्चालनमा आएको हो । यस होटलमा प्रेसिडेन्सियल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरी ८० वटा कोठा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू