
काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। यो क्रम राति पनि निरन्तर रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता