
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ । मंगलबार सम्पन्न खेलमा दिल्ली ८ विकेटले विजयी भएको हो ।
जितसँगै दोस्रो स्थानको दिल्लीले ८ खेलबाट १२ अंक पुर्याएको छ । समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ । लखनऊले दिएको १६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको हो । दिल्लीका लागि केएल राहुल र अभिषेक पोरेलको अर्धशतक बनाए । दिल्लीका ओपनर अभिषेकले ५१ रन बनाए । भने राहुलले ५७ रनको पारी खेले । त्यस्तै कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । करुण नायरले पनि टोलिका लािग १५ रनको योगदान दिए । लखनऊका एडन माक्ररामले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनायो । लखनऊका ओपनर माक्ररामल सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर मिचेल मार्शले ४५ रन बनाए । आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे । दिल्लीका मुकेश कुमारले सर्वाधिक चार विकेट लिए । मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो ।













समाचार
डोल्पामा सीता एयर दुर्घटना
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना