
काठमाडौं। सिजनको पहिलो खेलमा पहिलो गोल गरेका जुड बेलिङ्घमले मालागाविरुद्ध पनि टोलीको सुरुआती गोल गरे।उनले दुई डिफेन्डरलाई पछि पार्दै साँघुरो कोणबाट गोलरक्षक अल्फोन्सो हेरेरोलाई बिट गर्दै बल जाली चुमाए। योसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा जोसे माउरिन्होको नेतृत्वमा लगातार तेस्रो जित हात पारेको छ।
आइतबार घरेलु मैदानमा नवप्रवेशी मालागालाई ४–० ले पराजित गर्ने क्रममा बेलिङ्घमले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरे। रियलका लागि किलियन एमबाप्पे र वैकल्पिक खेलाडी अर्दा गुलरले पनि गोल गरे।बेलिङ्घमको गोलपछि रंगशालामा उपस्थित समर्थकहरूले चर्चित गीत ‘हे जुड’ गाएर उनको प्रदर्शनको प्रशंसा गरेका थिए।
त्यसको केही समयपछि बेलिङ्घमले गोल गरे। एमबाप्पेको प्रहार गोलरक्षकले बचाएपछि आएको रिबाउन्डलाई उनले हेडरमार्फत गोलमा परिणत गरे। मालागाका डिफेन्डर कार्लोस पुगाले बल क्लियर गर्ने प्रयास गर्दा बल गोलरक्षक हेरेरोको शरीरमा ठोक्किएर गोल भएको थियो।
खेलको पहिलो आधा घण्टा नपुग्दै एमबाप्पेले रियलको अग्रता थप फराकिलो बनाए। ट्रेन्ट अलेक्जान्डर–आर्नोल्डको क्रसमा उनले उत्कृष्ट भलीमार्फत गोल गरे।
अलेक्जान्डर आर्नोल्डले रियलका लागि राइट ब्याकमा पहिलोपटक सुरुआती खेल खेलेका थिए। यसअघि सिजनका सुरुआती दुई खेलमा नयाँ अनुबन्धित डेनजेल डुमफ्रिसले उनको स्थानमा खेल्दै आएका थिए।
दोस्रो हाफमा बेलिङ्घमको प्रहार पोस्टमा लाग्यो भने उनले थप गोल गर्ने केही अवसर पनि पाए। अन्ततः गुलरले खेलको अन्तिम गोल गर्दै रियलको जित ४–० बनाए। यस गोलमा भिनिसियस जुनियरले व्यक्तिगत स्वार्थभन्दा टोलीलाई प्राथमिकता दिँदै उत्कृष्ट पास उपलब्ध गराएका थिए।
चेल्सीबाट रियल पुगेका लेफ्ट ब्याक मार्क कुकुरेलाले पनि रियलका लागि पहिलोपटक सुरुआती टोलीमा खेल्दै प्रभावशाली प्रदर्शन गरे। अर्को खेलमा पिएर–एमरिक औबामेयाङले पुनः गोल गरेपछि डेपोर्टिभो ला कोरुनाले भ्यालेन्सियालाई ३–१ ले पराजित गर्यो। शीर्ष डिभिजनमा फर्किएपछि यो डेपोर्टिभोको पहिलो जित हो।
एथलेटिक बिल्बाओले सेल्टा भिगोलाई २–० ले पराजित गर्यो। घरेलु मैदानमा सेल्टाको यो लगातार दोस्रो हार हो। उसले सिजनको पहिलो खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरी खेलेको थियो र अहिलेसम्म ला लिगामा जित निकाल्न सकेको छैन। बार्सिलोनाले सोमबार कमजोर टोलीका रूपमा रहेको रायो भायेकानोसँग खेल्नेछ।













समाचार
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ