
धरान । धरान रोजगार मेला–२०८२ आजबाट धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा सुरु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग धरान उपमहानगरपालिकाको आयोजना र धरान उद्योग वाणिज्य सङ्घको संयोजनमा सुरु भएको उक्त मेला आज शुक्रबारसम्म सञ्चालन हुनेछ ।
युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको धरान रोजगार मेला आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गर्नेछन् । मेलाले साना–ठूला रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइनुका साथै स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका रोजगारदाता र बेरोजगार युवालाई रोजगारको अवसरमा टेवा पुग्ने मन्त्री राईले विश्वास व्यक्त गरे ।
मेलाबाट पाँच सय युवाले प्रत्यक्ष रोजगारी पाउने र करिब पाँच हजार युवाले रोजगारीको अवसर, क्यारियर परामर्श, सीपमूलक तालिम र अन्तर्वार्ता जस्ता सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताए।
उनले भने, ’मेलाले स्थानीय युवाको विदेशपलायन रोक्ने र उद्योगको जनशक्ति अभाव पूरा गर्ने ऐतिहासिक पहल हुनुका साथै रोजगारदातालाई आवश्यकताअनुसार जनशक्ति उपलब्ध हुनेछ भने रोजगारीको खोजीमा भएका युवालाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ।’
मेलामा प्राविधिक, प्रशासनिक र श्रमिक वर्गका साथै स्थानीय उद्योग, व्यवसाय, तालिम संस्थालगायतका विभिन्न ३१ वटा स्टल राखिएको धरान रोजगार मेलाका कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिए। उनका अनुसार विभिन्न रोजगारदाता सङ्घसंस्थाको स्टल छन्। सूचीकृत भएका बेरोजगार जनशक्ति आफ्नो क्षमता, योग्यताअनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्ने जनाइएको छ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य यशोदा कायास्थ, धरान इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित